एमसिसी अन्तर्गतका दुई ठेक्कामा सम्झौता आज

काठमाडौँ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालमातहत निर्माण हुने चार सय केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गतका दुई खण्ड निर्माणको बोलपत्र स्वीकृत भएको छ । एमसिए नेपालका अनुसार न्यु दमौली–न्यु बुटवल प्रसारण लाइन र रातामाटे–न्यु दमौली प्रसारण लाइन निर्माणका लागि बिहीबार ठेकेदार कम्पनीसँग निर्माण सम्झौता हुँदै छ ।…