नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणना जारी छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म १ हजार ८०० मत गनिएको छ । यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । सभापतिका उम्मेदवार देउवालाई एक हजार ४० मत प्राप्त भएको छ भने उहाँका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले ७४१ मत…