कांग्रेस सभापतिको मतदानमा चार हजार ४०० मत खस्यो

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार राति ८ः४५ बजेसम्म करिब चार हजार ४०० मत खसेको छ । सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा…