कञ्चनपुरको ढक्कामा बस्दै आएका आरक्ष विस्थापित परिवारले जङ्गली हात्तीको बथानले गर्ने आक्रमणबाट जीउधनको सुरक्षाको ग्यारेण्टी गर्न माग गरेका छन् । शनिबार राति शिविरमा बस्दै आएका ४५ वर्षीय खगिराज रानाको हात्तीले आक्रमण गरी ज्यान लिएपछि यस क्षेत्रको जनजीवन त्रसित भएको छ । जङ्गली हात्तीको बथानले दैनिक शिविरमा छिरेर झुपडी भत्काउने र मानवीय क्षति गर्न थालेपछि विस्थापित…