‘औषधिको मूल्यवृद्धि गरिएको छैन’

नेपाल औषधि व्यवसायी सङ्घले आफूखुशी औषधिको मूल्यवृद्धि नभएको स्पष्ट पारेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा औषधिको मूल्यवृद्धिसम्बन्धी समाचारमा सङ्घको नामसमेत उल्लेख भएकामा ध्यानाकर्षण भएको जनाएको छ । सङ्घले समाचारमा उल्लेख भएका कतिपय तथ्यहरूप्रति सङ्घ असहमति राख्दै तथ्यपूर्ण समाचार सम्प्रेषणका लागि अनुरोधसमेत गरेको छ । ‘औषधि ऐन, २०३५ मा आवश्यक देखेमा नेपाल…