एक सभापति, एक सह–महामन्त्रीसहित ५२ केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सभापतिमा मनोनयन दर्ता गराउनुभएका युवराज न्यौपानेले आज आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । त्यस्तै सह–महामन्त्रीमा मनोनयन दर्ता गराउनुभएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मध्याह्न १२.३० बजेसम्म निर्धारण गरिएको थियो । अहिलेसम्म सभापतिमा एक र…