पर्वतमा विपन्नलाई न्यानो कपडा वितरण अभियान

चिसो मौसमबाट प्रभावित परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको छ । जिल्लामा सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमूना स्काउट ट्रपको संयुक्त आयोजनामा न्यानो कपडा वितरण गर्न थालिएको हो । शुक्रबारदेखि बजारका उद्योगी, व्यवसायी तथा अन्य बासिन्दासँग पुराना र सफा कपडा सङ्कलन गर्ने र विपन्न तथा असहाय नागरिकलाई वितरण…