श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले वैदेशिक रोजगारीका सिलसिलमा कोही लुटिने र ठगिने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “क्षमताअनुरूप जुनसुकै जिल्लाका नागरिक विदेश जान सक्छन् । विदेश जाने नाउँमा लुटिने र ठगिने कार्यलाई निरुत्साहित गरेछु , उन्मुक्ति…