तीन दशकदेखि बन्द विमानस्थल पुनः सञ्चालनको तयारीमा

बैतडी, २२ मङ्सिर (रासस) ः करिब तीन दशकदेखि बन्द अवस्थाको बैतडी–दार्चुला सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनःनिर्माणको काम थालिएको छ । तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर उक्त विमानस्थल पुनःनिर्माणको काम थालिएको हो । केएस कन्सट्रक्सन प्राली धनगढीले विमानस्थल पुनः निर्माण गरिरहेको छ । विमानस्थलमा स्काइभेटर प्रयोग गरेर घाँस उखेल्ने काम गरिसकिएको र…