मानवअधिकार रक्षाका लागि सबै क्रियाशील हुनुपर्छः उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मानवअधिकार रक्षाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट क्रियाशील रुपमा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।  त्रिहत्तरऔँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १३ आँै मानवअधिकार महाभेलाकोे उद्घाटन गर्दै उहाँले शान्तिप्रक्रिया टुङ्ग्याउने विषयमा विश्वको ध्यान नेपालतर्फ आकर्षित भइरहेको हुँदा सबै मानवअधिकारकर्मी मिलेर त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । “नेपालले मानवअधिकारलगायत अन्तर्राष्ट्रिय अन्य सन्धि महासन्धिमा हस्ताक्षर गरेकाले त्यसको…