लन्डनमा फेरी अर्का नेपालीको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु भएको दुई दिन पछी मात्र आयो नतिजा


काठमाडौँ, १३ चैत्र । बेलायतमा फेरि अर्का एक नेपालीको कोभिड-१९ भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। चितव पुख्र्यौली घर भएका उनि दुई दशक भन्दा लामो समयदेखि साउथ इस्ट लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्याल रहेको खुलेको छ ।

ज्वरो र खोकी लागेपछि उनलाई गत शनिबार बिहान स्थानीय क्वीन एलिजावेथ अस्पताल अस्पताल लागिएको र उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो। तर अस्पतालले बुधबार मात्र कोरोना संक्रमण पोजिटिभ देखिएकोे जानकारी गराएको हो।

मृतक अर्यालका श्रीमती, ११ वर्षकी छोरी र ९ वर्षका छोरा अहिले लण्डन मै बस्दै आएका छन। उनीहरु पनि घरमै सेल्फ आइसोलेसनमा रहेको र स्वास्थ्यस्थिति सामान्य रहेको छ ।

यसअघि गतसाता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस