नेपाल–कोरिया हवाई उडान सञ्चालनमा सहजीकरण गर्न सभामुख अर्यालको आग्रह

नेपाल–कोरिया हवाई उडान सञ्चालनमा सहजीकरण गर्न सभामुख अर्यालको आग्रह

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Writing

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल–कोरिया हवाई उडान सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न कोरियाली राजदूतसँग आग्रह गरेका छन्।

सङ्घीय संसद् सचिवालयमा सोमबार नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई क्युंगसँग भएको शिष्टाचार भेटमा सभामुख अर्यालले यस्तो आग्रह गरेका हुन्।

भेटका क्रममा उनले नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन पूर्वाधार, ऊर्जा, सूचना प्रविधि, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।

सभामुख अर्यालले बाढी प्रभावित नेपाली नागरिकको उद्धार तथा राहतमा कोरियाली सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, कृषि र मानव संशाधन विकासमा कोरियाको योगदानको प्रशंसा गरे। साथै, नेपालमा कोरियाली लगानी विस्तारको सम्भावना रहेको बताए।

उनले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली युवालाई रोजगारीको अवसर उपलब्ध गराएकोमा पनि कोरियाली सरकारप्रति आभार व्यक्त गरे।

भेटमा राजदूत पार्कले बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत तथा उद्धारमा कोरिया निरन्तर सहयोग गर्न तयार रहेको बताए। उनले आफ्नो कार्यकालमा नेपाल–कोरिया सम्बन्धलाई थप प्रगाढ बनाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।