गरिमा रोड रेस २०८३ सम्पन्न, खुलातर्फ तिर्थ र राज्य तथा कर्पोरेटतर्फ इश्वर र दिव्या प्रथम

गरिमा रोड रेस २०८३ सम्पन्न, खुलातर्फ तिर्थ र राज्य तथा कर्पोरेटतर्फ इश्वर र दिव्या प्रथम

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Writing

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘गरिमा रोड रेस २०८३’ शनिबार सम्पन्न भएको छ। प्रतियोगितामा १ हजार ४ सयभन्दा बढी धावक सहभागी भएका थिए।

१० किलोमिटर खुला दौडको पुरुषतर्फ तिर्थ कुमार पुन र महिलातर्फ राज्य रावल प्रथम भएका छन्। तिर्थले ३१ मिनेट ५० सेकेन्ड तथा राज्यले ३९ मिनेट ५४ सेकेन्डमा दौड पूरा गरे।

त्यस्तै, ५ किलोमिटर कर्पोरेट दौडको पुरुषतर्फ इश्वर बुढाथोकी र महिलातर्फ दिव्या विष्ट प्रथम भए। इश्वरले १९ मिनेट २८ सेकेन्ड र दिव्याले २६ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गरे।

प्रतियोगिताका विजेतालाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ। खुलातर्फ प्रथम हुनेलाई ५० हजार र कर्पोरेटतर्फ प्रथम हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।

‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिता बैंकको १८औँ वार्षिकोत्सवदेखि सुरु भएको हो। यस वर्ष प्रतियोगिताको तेस्रो संस्करण आयोजना गरिएको हो।

बैंकले आफ्नो २०औँ वार्षिकोत्सवका अवसरमा मंसिर ७ गते देशका विभिन्न नौ स्थानमा रक्तदानलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ।