पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ७५७ पुगेको छ ।
त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप ३७ सय ९० जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६जना पुगेको छ ।
पछिल्लो २४ घन्टामा १५ हजार ७१४ जनाको पिसीआर परिक्षण गरिएको छ । त्यस्तै आज काठमाडौँ उपत्यकामा थप २ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना संक्रमित देखिएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा २३ सय ३५ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ९४ हजार ५०१ जना रहेको छ ।
प्रतिक्रिया