स्वेताको मण्डब देखी बिदाई सम्मको भिडीयो, माईती छोड्दा बलिनधारा आशू (भिडियोसहित)


अभिनेत्री तथा ब्यबसायी श्वेता खड्काले मङ्सिर २२ गते बिवाह गरेकी छिन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको करिब ६ वर्ष पछी धनगढीका विजयन्द्रसिंह रावतसँग उनले दोश्रो बिवाह गरेकी हुन् । केहि समय देखि उनीहरु प्रेममा रहेको हल्ला चले पनि दुवै पक्षले स्वीकार गरेका थिएनन ।

उनीहरुको बिवाह राजधानीको गोर्कर्ण रिसोर्टमा आयोजित एक कार्यक्रममा भएको हो । पछिल्लो समय सामाजिक संजालमा निक्कै सक्रिय स्वेताले आफ्नो मनका कुराहरु त्यहि पोख्दै आएकी छन । विवाह अगाडी पनि आफ्नो निर्णयबारे सामाजिक संजाल मार्फत नै आफ्ना शुभचिन्तक माज जानकारी गराएकी थिइन ।

विवाह पश्चात पनि स्वेताले फेरी आफ्नो मनमा लागेको केहि कुरा र अठोट जाहेर गरेकी छन । उनि लेख्छिन – ‘अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु । अत : मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझावका साथै शुभ-आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।

तपाईकी उहि छोरी /चेली

श्वेता खड्का’

विवाहमा माईती छोड्दा स्वेताको आखामा आशु रोकिएको थिएन । केहि संचारमाध्यमहरुलाई मात्र प्रवेश दिइएको उक्त विवाह समारोहमा स्वेताका आफन्त र केहि गन्यमान्य व्यक्तिहरु उपश्थित थिए ।

भिडियो हेर्नुहोस :

विवाहको केहि तस्विरहरु :

०००

श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ : श्वेता खड्का

काठमाण्डौ । नायिका श्वेता खडकाको दोश्रो बिहेको चर्चा यतिबेला सबै सञ्चारमाध्यम र सोशल मिडियामा चुलिएको छ । विबाहको विषयमा अहिलेसम्म आफ्नो जीवनमा कोही छैन, कोहीपनि होइन र बिहे गर्न भ्याउँदिन भन्दाभन्दै अन्ततः नायिका खडकाले धनगढीका विजेन्द्र सिंह रावतसंग विबाहको लगन गाँठो कस्न थालेकी हुन् ।

नायिका खडका र विजेन्द्रको विबाह आज मंसिर २२ गते हुने भएको छ । नायिका खडकाले श्रीले छाडेको ६ वर्षपछि दोश्रो बिहेको निर्णय लिएकी हुन् । उनको यो निर्णयलाई धेरैले स्वागत योग्य भएको प्रतिकृया दिनुकासाथै नयाँ बैबाहीक जीवनकोलागी अग्रीम बधाई पनि दिएका छन् ।

बिहेको अन्तिम तयारी पुर भईसकेको अवस्थामा नायिका श्वेताले आफ्नो पुर्व पति दिवंगत अभिनेता श्री कृष्ण श्रेष्ठ र उनका परिवारलाई सम्झिएकी छन् । उनले पुर्व पति श्री कृष्ण र उनका परिवारका सबै सदस्यले आफुलाई धेरै माया र सम्मान दिएको सम्झिंदै त्यो परिवारसंग कहिल्यै पनि नाता नटुट्ने पनि बताएकी छन् । उनले सामाजिक संजाल फेसबुकमा भर्खरै आफ्ना विचार राख्दै आफ्ना शुभचिन्तकलाई यसो भनेकी छन् ।

”म: जीवनको नविन यात्रामा

जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दु:ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ ।

म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जस्मा तिखा काँडा, ठुलाठुला पत्थर अनी आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ , पत्थरहरुलाई फुटाउनु पर्नेछ अनी आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । “के म यसो गर्न सकुँला र ?” आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ” कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ ।” अत: मैले मृत्‍युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनी जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमश: अगाडि बढ्दै गएँ ।

‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । “अब उठ्नै सक्दिन कि ” भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसंग ? मैले साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महसुष गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें । अत: मेरो हरेक दु:खमा म एक्लै रोएँ, पिंडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसंग एक्लै जुधिरहें ।

“मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथी पुन: सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुन: फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे , अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ?” म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसंगै सुख र दु:ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दु:खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ “के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ?”

मलाई थाहाछ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रती साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रती रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वत: हार खानेछन् ।

अत: कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु ।

उही तपाईंकी छोरी/चेली

श्वेता खड्का”

०००

‘मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म …. ‘ लेख्दै स्वेताले सार्बजनिक गरिन लगनगाठो कस्नु अगाडीको पलहरु (फोटोफिचर)

अभिनेत्री स्वेता खड्काले आज मङ्सिर २२ गते धनगढीका विजेन्द्र सिंह रावतसंग लगनगाठो कस्दै छिन । विवाहको प्रारम्भमा हुने मेहन्दी कार्यक्रममा अभिनेत्री खड्का निक्कै खुसि देखिएकी छन ।

उक्त कार्यक्रममा खिचिएको केहि तस्विर आफ्नो सामाजिक संजालमा सार्बजनिक गर्दै स्वेताले लेखेकी छन – ‘ मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म …. । ‘ नया जीवनको लागी सबैले उनलाई शुभकामना समेत दिएका छन । पहिलो पति अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पछी धेरै नै दुखि देखिएकी स्वेताको जीवनमा नया मोड आएको छ । उनको आगामी जीवनको लागि शुभकामना । तस्विरहरु हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस