१० वर्षको वारेन्टी सहित होन्डाले ल्यायो नयाँ मोटरसाइकल


काठमाडौं । होन्डाले भारतीय बजारमा २०२३ मोडल हर्नेट २.० मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले १० वर्षको वारेन्टी सहित हर्नेट २.० को २०२३ मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले नयाँ ग्राफिक्स सहितको उक्त मोटरसाइकलको मूल्य १ लाख ३९ हजार भारतीय रुपैयाँ मूल्य ९एक्स शोरुम० तोकेर सार्वजनिक गरेको हो ।

कम्पनीले नयाँ ग्राफिक्समा ल्याएको हर्नेटको २०२३ मोडलमा २.० ब्याचलाई हटाएको छ । यसको इन्जिन कौललाई केही ठूलो बनाउनुका साथै यसको इन्जिनलाई बीएस ६ फेज टूमा अपग्रेड गरेर ल्याएको हो ।

होन्डा हर्नेट २.० मा १८४ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड एफआइ इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।

२०२३ होन्डा हर्नेट २.० मा डिजिटल ५ लेबल ब्राइटनेश इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।

होन्डा २.० मा रहेको गोल्डेन यूएसडी फर्क यो सेग्मेन्ट फर्ष्ट फिचर हो । यो सेग्मेन्टमा उपलब्ध मोटरसाइकल मध्ये सबैभन्दा वाइड टायर पनि यसमा पाउन सकिन्छ ।

कम्पनीले सार्वजनिक गरेको हर्नेट २.० मा तीन वर्षको रेगुलर वारेन्टी उपलब्ध रहेको छ भने ७ वर्षको थप वारेन्टी ग्राहकले लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस