जनगणनाका लागि कञ्चनपुरमा गणक खटाइँदै

राष्ट्रिय जनगणनाका लागि कञ्चनपुरमा गणक खटाउने तयारी अन्तिम चरणमा पुगेको छ ।  जिल्ला जनगणना कार्यालय कञ्चनपुरका प्रमुख गोविन्दप्रसाद न्यौपानेका अनुसार गणकलाई चार दिने तालिम प्रदान गरी खटाउने तयारी गरिएको छ । जनगणनाका लागि खटिने गणकलाई आवश्यकपर्ने सबै विषय वस्तुबारे तालिमका क्रममा सिकाइएको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । “गणकका लागि कात्तिक १३ गते देखि १६ गते…