गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले कास्कीको पुडिटार र तनहुँको तालबेँसी क्षेत्रमा बन्न लागेको औद्योगिक क्षेत्र निर्माणका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभएको छ । प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको पोखरा महानगरपालिका–३३ पुडिटार र शुक्लाण्डकी नगरपालिका–९ को तालबेँसी क्षेत्रको आज स्थलगत निरीक्षण एवं सरोकारवालासँग अन्तक्र्रिया गर्दै उहाँले औद्योगिक क्षेत्र निर्माणसँगै…