म्याग्दी, १५ कात्तिक (रासस) : मालिका गाउँपालिका–६ रातोढुङ्गामा निर्माणाधीन सवस्टेशन अलपत्र परेको छ । तीन वर्षअघि नै सम्पन्न हुनुपर्ने ३३÷११ केभी क्षमताको सव स्टेशन अझै पूरा नभएको हो । सव स्टेशन निर्माणमा भएको ढिलाइले जिल्ला पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन विस्तार तथा विद्युत् आपूर्ति प्रभावित भएको रनबाङका जीवन कार्कीले…