काठमाडौँ, १२ कात्तिक (रासस) : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट चोरिएका २३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले चलाएको विशेष अभियानका क्रममा विभिन्न क्षेत्रबाट हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरिएको महाशाखाले जनाएको छ । सवारी धनीले महाशाखामा…