चितवन, १२ कात्तिक (रासस) : भरतपुर अस्पतालले अनलाइन टिकट सुरु गरेको छ । अस्पतालले अनलाइनबाट ओपिडी (बहिरङ्ग) टिकट सुरु गरेको हो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर टिकट लिन सकिने व्यवस्था गराएको हो । आउँदो आइतबारदेखि अनलाइनबाट टिकट लिन सकिने सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो…