भोजराज कार्की,सोलुखुम्बु, ११ कात्तिक (रासस) : सोलु करिडोर १३२ केभी प्रसारण लाइनको काम चाँडै सम्पन्न हुने भएको छ । आठौँ पटक म्याद थप भएको आयोजनाको काम अबको दुई महिनाभित्र सम्पन्न हुने आयोजना प्रमुख जर्नादन गौतमले बताउनुभयो । आयोजना प्रभावित क्षेत्रमा पर्ने उदयपुरको कटारी नगरपालिका–४ मरुवाका स्थानीयवासीले मुआब्जा बझ्न तयार भएसँगै चाँडै काम सम्पन्न हुने सम्भावना…