अपाङ्गता भएका व्यक्तिलाई कानूनअनुसार सार्वजनिक यातायातको आरक्षित सिट र भाडामा छुट उपलब्ध गराउनुपर्ने सरोकारवालाहरुले आज माग गरेका छन् । उहाँहरुले कानूनमा आएको कुरा कार्यान्वयन हुनुपर्छ भन्दै सरकारले अपाङ्गताहरुलाई उच्च शिक्षा अध्ययनका विशेष व्यवस्था गर्न सुझाव दिनुभयो ।कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन ललितपुरद्वारा प्रदेश नं १ स्तरीय सरोकारवालाहरुसँग अपाङ्गसम्बन्धी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनियमहरुको कार्यान्वयनको अवस्था…