टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जनकपुरधामको पिडारी चोकमा आज साँझ एक टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आनन्दकिशोर दास नामका भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार जनकपुरबाट ढल्केबरतर्फ जान लागेको ना७ख ४७४८ नंको टिप्पर विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो…