आर्मीका दीपक र एपिएफकी फुलमतीलाई उपाधि

काठमाडौं । दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र एपिएफकी फुलमती रानाले जित्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको म्याराथनमा पुरुषतर्फ दीपकले निर्धारित दूरी एक घन्टा पाँच मिनेट आठ सेकेन्डमा पूरा गर्नुभयो । महिलामा फुलमतीले निर्धारित दुरी एक घन्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नुभयो…