काठमाडौं । ब्राजिलका फरवार्ड नेयमारले कतार विश्वकप अन्तर्गत आगामी दुई खेल गुमाउने भएका छन् । एन्कल चोटको कारण नेयमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् । नेयमारले सर्बियाविरुद्धको खेलमा चोट बोकेका थिए । जुन खेलमा नेयमारले २-० को जित निकालेको थियो । ३० वर्षीय नेयमार खेलको ८० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।