काठमाडौँ । ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रिनल्यान्ड ब्वाइज र भ्याली पब्लिक गर्ल्समा च्याम्पियन भए । आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले ड्रिम अनलाई १९–१८ ले पराजित गर्यो । गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १५–८ ले हरायो ।…