काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनेरास्ववियुका पूर्वनेता प्रिजा खतिवडाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । खतिवडाको पार्थिव शरीर अन्त्येष्टिका क्रममा आज पशुपति आर्यघाटमा पुगेर उहाँले श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । गत बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा उहाँका श्रीमान मनुराज शर्मा र चार वर्षीय छोरा…