सरकारलाई अपेक्षित गतिमा लोकप्रिय बनाउन सकिएनः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई अपेक्षित गतिमा लोकप्रिय बनाउन नसकिएको बताएका छन् । आज (सोमबार) केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको बारेमा गम्भीर रुपमा समीक्षा गर्ने बेला आएको बताएका हुन् । उनले कांग्रेस पहिला दल भए पनि कहिले तेस्रो त कहिले दोस्रो दलको पछि लागेर सरकार बनाउन परेको उनले बताए ।…