काठमाडौं । टोखा–छहरे सुरुङमार्ग निर्माण, नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नतिमा देखिएका समस्या समाधानका लागि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला निकायबीच विशेष छलफल सम्पन्न भएको छ। दशैँ–तिहार लक्षित तयारी सुरु छलफलमा नयाँ आर्थिक वर्षको सुरुआतसँगै सडक पूर्वाधार निर्माणमा तीव्रता ल्याउने र आउँदो दशैँ–तिहार पर्वमा सवारी व्यवस्थापन सहज बनाउने लक्ष्यसहित पूर्वतयारी थालिएको जानकारी दिइएको…