चालु आर्थिक वर्षको चार महिनाको अवधिमा तनहुँ जिल्लामा करिब तीन हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म दुई हजार ८१७ नयाँ मतदाता थपिएका हुन् । जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलनको काम हुँदै आएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । जिल्ला…