स्याङ्जाको वालिङस्थित अकला साना किसान कृषि सहकारी संस्थाले व्यावसायिक रुपमा छुर्पी उत्पादन गर्न थालेको छ ।स्थानीयस्तरमा उत्पादित दूधलाई बजारीकरणमा सहयोग पु¥याउनुका साथै किसानलाई दूग्ध उत्पादन व्यवसायमा थप उत्साह बढाउने उद्देश्यसहित व्यावसायिक रुपमा छुर्पी उत्पादन थालिएको संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताउनुभयो । स्थानीय किसानले उत्पादन गरेको दूधबाट दूध, दही, घ्यू, पनीर, खुवालगायत दूग्ध परिकार बनाएर विक्री…