अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकामा छात्रवृत्ति र सामग्री वितरण गरिएको छ । सगोल कास्कीले दिवसकै अवसर पारेर अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । अपाङ्गता भएका १६ छात्रा र १४ छात्र गरी ३० जनाका लागि झोला, कापी, कलम, विद्यालय पोशाक र मास्क सहयोग प्रदान गरिएको सगोल कास्कीका अधिकृत विमला केसीले जानकारी दिनुभयो…