काठमाडौँ, १ मङ्सिर (रासस) : काठमाडौँ महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिर परिसरका कलात्मक ढोका, पर्खाल र पाटी पौवा पुनःनिर्माण गरिने भएको छ । महानगरपालिकाको रु एक करोड ३० लाख बजेटमा मन्दिर क्षेत्रका संरचना पुनःनिर्माण गरी पर्यटकीय पूर्वाधारको काम गर्न लागिएको वडा सदस्य चन्द्रमान डङ्गोलले राससलाई जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका यी…