जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले राष्ट्रिय जनगणनाका लागि घरघरमा आउने गणकलाई सही विवरण दिएर सहयोग गर्न आग्रह गर्नुभएको छ । कास्की जिल्लाको रुपा गाउँपालिका–३ पोल्याङमा नेपाल कुमाल सेवा समितिको निर्माण गरिने पक्की भवनको आज शिल्यान्यास गर्दै उहाँले सबै जातजातिले आफ्नो सत्यतथ्य विवरण दिनुपर्नेमा जोड दिनुभएको हो । भवन निर्माणले कुमाल जातिको उत्थानमा…