जिल्लाको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिविरुद्ध एक महिने छानबिन तथा जनजागरण अभियान थालेको छ । नेकपाको शिखर नगर सङ्गठन कमिटीको बैठकबाट उक्त एक महिने छानबिन तथा जनजागरण अभियान गर्न थालेको हो । विशेषतः कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका समयमा रोग नियन्त्रण तथा व्यवस्थापनका नाममा शिखर नगरपालिकामा आर्थिक अनियमितता भएको…