सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकले संवैधानिक निकायका रिक्त पदमा संविधान र कानूनबमोजिम छिटो नियुक्ति प्रक्रिया अघि बढाउनका लागि पहल गर्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालयको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ती नियुक्तिका लागि पहल गर्न र सम्बन्धित पक्षलाई पनि सहयोग गर्न आग्रह गरेको…