बानियाँले मदन पुरस्कार पाएपछि म्याग्दीमा खुशियाली

म्याग्दीमा जन्मेर हाल पोखरा बसोबास गर्दै आउनुभएका साहित्यकार चन्द्रप्रकाश बानियाँलाई महारानी उपन्यासका लागि मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरकार प्रदान गर्ने निर्णय गरेपछि म्याग्दीमा खुशियाली छाएको छ । गुठीको आइतबार बसेको बैठकले पुरस्कारका लागि अन्तिम सूचीमा परेका कृतिमध्ये ‘महारानी’ उपन्यासका लेखक बानियाँलाई उक्त पुरस्कार दिने निर्णय गरेसँगै बानियाँको गृहजिल्ला म्याग्दीमा खुशियाली छाएको हो ।…