लोपोन्मुख समुदायमा पर्ने लेप्चा जातिको संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि यहाँस्थित सूर्योदय नगरपालिका (सूनपा) ले उद्यान बनाउन थालेको छ । सूनपाले लेप्चाको सङग्रहालय नजिकै उद्यान बनाउन थालेको हो । सूर्योदय–१० को फेन्सोङ लेप्चा गुम्बा नजिकै १२ रोपनी जग्गामा उद्यान निर्माण थालिएको हो । तीन वर्षमा निर्माण सक्ने गरी थालिएको उद्यानको लागत रु एक करोड ८०…