नागरिकता संशोधन विधेयक पारित गर्न माग

नागरिकताबाट वञ्चित हुने उच्च जोखिममा रहेका समूहको समस्या समाधानका लागि सङ्घीय संसद्मा पेश भएको नागरिकता संशोधन विधेयक पारित गरिनुपर्नेमा जोड दिइएको छ । महिला, कानून र विकास मञ्चले आज यहाँ आयोजना गरेको नागरिकताबाट वञ्चित हुने उच्च जोखिममा रहेका समूह र सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा एकल महिला, सडक बालबालिका, मनोरञ्जन एवं सत्कार क्षेत्रमा कार्यरत महिला, भूमिहीन नागरिकताको…