दुईवर्षे कार्यकाल सफल रहेको प्रधानसेनापतिको दाबी

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आफ्नो दुई वर्षको कार्यकाल शत प्रतिशत सफल रहेको दाबी गर्नुभएको छ । दुई वर्षको कार्यकाल पूरा भई तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज यहाँ आयोजित वरिष्ठ सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई कार्यान्वयन वर्षको रुपमा र आगामी वर्षलाई सङ्गठन सुदृढीकरण र दिगोपनाको वर्षको रुपमा अगाडि बढाएको उल्लेख…