चन्द समूहका नेता चैतन्यद्वारा आत्मसमर्पण

नेत्रविक्रम चन्द समूहका बागलुङका जिल्ला सदस्य केशव निउरे ‘चैतन्य’ले आत्मसमर्पण गर्नुभएको छ । जिल्ला प्रशाशनको आदेशमा रिहा भएलगत्तै उहाँले आत्मसमर्पण गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालय बागलुङबाट साधारण तारेखमा छुटेलगत्तै निउरेले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र सुरक्षा निकायसलगायतको उपस्थितिमा पार्टी परित्यागको घोषणासहित आत्मसमर्पण गर्नुभएको हो । ताराखोला गाउँपालिका–५ का निउरेलाई प्रहरीले यही भदौ…