अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न गाडी नियन्त्रणमा

नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा लगाइएको प्रतिबन्धको समयमा अवैधरूपमा ओसारपसारमा संलग्न गराइएको गाडीलाई प्रहरीले कारवाहीको लागि नियन्त्रणमा लिएको छ । बेलकोटगढी नगरपालिका–७ मकैघारीस्थित त्रिशूली नदी किनारमा अवैधरूपमा उत्खनन गरिएको बालुवा लोड गरिरहेको अवस्थामा सात टिपर र तीनवटा मिनीट्रकलाई नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कानूनअनुसार असार १…