काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि अर्काे एक हप्ता थपिएको छ । गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाको तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारी सहितको आजको बैठकले केही सेवालाई सहजीकरण गर्दै अर्काे एक साताका लागि अत्यावश्यक र तोकिए बाहेकका गतिविधि रोक्ने गरी निषेधको आदेश जारी गरेको हो । कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले रोकथाम…