खोलाले बगाउँदा बालिका बेपत्ता

भल्कोट खोलाले बगाउँदा बागलुङको निसीखोलामा एक बालिका बेपत्ता भएकी छन् । निसीखोला गाउँपालिका–६ का ‘रासे’ भनिने राजिव बुढाकी सात वर्षीया छोरी सञ्जिला बुढामगर मङ्गलबार साँझदेखि बेपत्ता भएकी हुन् । घरदेखि २० मिटरको दूरीमा रहेको खोलामा साँझ ५ बजे निस्किएकी बालिकालाई एक्कासी बढेको खोलाको बहावले हुत्याएको इलाका प्रहरी चौकी निसीका प्रहरी नायब निरीक्षक लालमणि भट्टराईले जानकारी…