अर्जुनधारामा लोपोन्मुख कछुवा संरक्षण

सुरुङ्गा (झापा), १७ भदौ । झापाका १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिएको छ । विश्वमा नै अतिसङ्कटापन्न अवस्थामा रहेको कछुवालाई करिब आठ वर्षअघिदेखि उद्धार गरेर संरक्षणको कार्य शुरु गरेका कारण यो नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिन पुगेको हो । पानी र जमिन दुवै ठाउँमा बस्नसक्ने कछुवा उभयचर जीव हो…