गए राति परेको भारी वर्षाका कारण धुलाबारी खानेपानीको मुहान पुरिँदा नियमित पानी वितरणमा कठिनाइ भएको छ । बुद्धशान्ति गाउँपालिका–६ स्थित पानीको मुहान पहिरोका कारण पुरिँदा पानी वितरणमा समस्या भएको हो । पहिरो पन्छाउने पहल भइरहेको धुलाबारी खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष चेतन विष्टले बताउनुभयो । “विकट ठाउँमा मुहान छ, जेसीबी जाने बाटो छैन”, उहाँले भन्नुभयो, “मजदूर…