बर्दिया जिल्लास्थित गुलरिया नगरपालिकामा महिलामैत्री आइसोलेशन कक्ष निर्माण भएको छ । दुई साताअघि महिलालाई मात्र राख्न मिल्ने आइसोलेशन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय बर्दियाका फोकलपर्सन कृष्णगोपाल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमित महिलाको अब त्यहीँ उपचार हुनेछ । जिल्लामा शुक्रबारसम्म ३२९ कोरोना सङ्क्रमितमध्ये ६२ महिला छन् । तीमध्ये ५२ जना निको भएर घर फर्केका…