चितवनमा आज कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर –११ का ५२ वर्षीय पुरुषको आज मध्याह्न १२ बजे मृत्यु भएको हो । यससँगै चितवनमा मात्रै कोरोनाबाट मृत्यु हुने पाँच जना पुगेका छन् । यसअघि पहिलोपटक चितवनमा भरतपुर–११ कै एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो…