जिल्लाको प्रमुख धार्मिकस्थल भैरवी मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । विदुर नगरपालिका वडा नंं २ मा रहेको मन्दिर २०७२ सालको भूकम्पले भत्काएर धराप बनाएपछि पहिलेको संरचना पूर्णरुपमा हटाएर पुनःनिर्माण गरिएको हो । पुरातत्व विभागले पुनःनिर्माण गरेको मन्दिर पुरानै शैलीमा छ । जिल्लाको प्रमुख धार्मिकस्थल तथा आस्थाको केन्द्र भैरवी मन्दिरमा भूकम्पले भत्किएको पाँच वर्षपछि भक्तजनले पूजार्चना…